काठमाडाैं ।। साउदी अरबका राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय भेटघाट गर्नुहुने भएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि उहाँको भेटघाटको कार्यक्रम छ । भेटका क्रममा पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्रीसमेत रहनुभएका फैसल हिजो साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको थियो । निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीले स्वागत गर्नुभएको थियो । उहाँ भोलि नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here