काठमाडाैं ।। साउदी अरबका विदेशमन्त्री, राजकुमार फैसल बिन फहरान अल साउद नेपालको औपचारिक भ्रमणका लागि आज अपराह्न्न आउँदै हुनुहुन्छ । नेपालको औपचारिक भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भोलि भेट गर्नुहुनेछ । दुई दिने भ्रमणका लागि साउद नेपाल आउन लाग्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here