काठमाडाैं ।। आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा सरकार र सरोकारवाला निकायले मिर्गौला सम्बन्धी रोगको विषयमा जनचेतना फैलाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ । मिर्गौला सम्बन्धी समस्या हुनु भनेको पछिल्लो समय सबैले बुझ्न थालेका छन् । तरपनि मिर्गौलामा समस्या किन हुन्छ र कसरी जोगिन सकिन्छ भन्नेमा मानिसहरू अझै सचेत र जानकार हुन सकेका छैनन् । मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अङ्गमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ । डा. काफ्लेले पछिल्लो समय मिर्गौला सम्बन्धी रोग विश्वमा मात्रै नभई नेपालमा पनि बढ्दै गएको बताउनुभयो । उहाँले नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निः शुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको उल्लेख गर्नुभयो । साथै उहाँले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षणहरू देखिने गरेको बताउनुभयो ।
आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।