एजेन्सी ।। रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रूसले युक्रेनमाथि आक्रमण गर्ने कारण खोजिरहेको र आउने केही समयमै आक्रमण गर्ने दाबी गर्नुभयो । तर, उहाँले अहिले पनि यो युद्धलाई अन्त्य गर्ने राजनीति समाधानको बाटो बाँकी रहेको बताउनुभयो । बुधवार मात्रै पनि अमेरिकाले युक्रेन सीमाबाट रूसले सीमा फिर्ता नगरेको र थप सेना तैनात गरेको दाबी गरेको थियो । स्याटेलाइटको माध्यमबाट युक्रेन–रूस सीमामा सेना र युद्ध सामग्री तैनात रहेको देखिएको बीबीसीले लेखेको छ । रूसले भने बारम्बार आफू आक्रमणको मनसायमा नरहेको बरु अमेरिका युद्धका लागि युक्रेनलाई उक्साइरहेको दाबी गर्दै आएको छ ।





