काठमाडाैं ।। सत्ता गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । हिजोको संसद् बैठकमा नै एमसीसी टेबुल गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको भएपनि सत्ता गठबन्धनभित्रै यसको विरोध भएपछि टेबुल हुन सकेन । एमसीसीका विषयमा दलहरुबीच मतभेद जारी नै रहेका बेला आज निर्णायक छलफल हुने गठबन्धनले जनाएको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताएको छ । जनता समाजवादी पार्टीले भने माओवादी केन्द्र र एकीकृत समाजवादीकै निर्णय पर्खिरहेको छ । तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने भन्दै कुनै पनि हालतमा एमसीसी संसद्बाट पास गर्ने निर्णय गरिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here