रौतहट ।। रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनियामा सोमबार ले सरस्वती माताको प्रतिमा विसर्जन गर्ने कार्यमा हिन्दु समुदायको व्यक्तिहरु तथा सुरक्षाकर्मी माथि चप्पल प्रहार गरेका छन् ।
इट्टा भट्टामा जिउदो मानिसलाइ जलाउने कार्यको मुख्य नाइकेको रुपमा कारागारमा बन्दि जीवन विताई रहेका नेपाली कांग्रेसका निलम्वित प्रतिनिधि सांसद मोहमद आफताव आलमको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा प्रत्येक बर्ष हिन्दु समुदायको पर्वमा मुस्लिम समुदायका केहि व्यक्तिहरुले अवरोध सृजना गर्ने कार्य गर्दै आएका छन् ।
थुनामा जानु भन्दा पहिला सो क्षेत्रमा हिन्दु समुदायको पर्व होलि , छठ , महाविरी झण्डा , नव रात्री तथा सरस्वती पुजामा राजपुर फरहदवा , रामपुर खाप , घिउरा , मठिया र लक्ष्मीनियामा मुस्लिम समुदायका व्यक्तिहरु हिन्दु समुदायका व्यक्तिहरुमाथि आक्रमण गर्ने ,छठ घाटमा पुजा गर्ने श्रीसप्तालाइ तोरफोर गर्ने कार्य गर्दै आएको थियो ।
मुस्लिम समुदायको बसोवास भएको टोलको बाटो भएर प्रतिमा विसर्जन गर्न रोक लगाए पछि स्थानीय प्रसाशनको रोहवरमा मुर्ति लैजाने क्रममा मुस्लिम समुदायको महिलाहरुले प्रतिमा तथा विसर्जन कार्यमा सहभागी भएका युवा , महिला ,पुरुष तथा सुरक्षाको लागि परिचालन गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि घरबाट चप्पल प्रहार गरेको सामाजिक संजालमा सार्वजनिक भएको विडियोबाट पुस्टि भै रहेको छ ।
संघियता पछि सवै जात ,धर्म ,भाषा भाषीहरुलाई पूर्ण स्वतन्त्रता न्या संविधानले प्रदान गरेको छ तर राजनीतिक रुपमा हिन्दु र मुस्लिम विच साम्प्रदायिक द्वन्द सृजना गर्ने कार्य प्रत्येक बर्ष सोहि क्षेत्रबाट हुने गरेकोले यस्तो कार्य रोक्न हिन्दु समुदायका अगुवाहरुले माग गरेका छन् ।
विद्या कि देवी माता सरस्वतीको प्रतिमा विसर्जन कार्यमा सहभागी भएका र सुरक्षाको लागि तैनाथ भएको सुरक्षाकर्मी माथि अभद्र व्यवहार गर्ने समुह र व्यक्तिहरुलाई पहिचान गरि कानुनी दयारामा ल्याउन स्थानीय प्रसाशन र प्रदेश सरकार सित जोडदार रुपमा माग गरेका हुन् ।
विसर्जनको क्रममा खटिएका सुरक्षाकर्मीहरुले सयमता पुर्वक प्रतिमा विसर्जन गराएका हुन् । स्थलगत रुपमा आफ्नो नेतृत्वमा गएका जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले घर तथा छतको माथिबाट महिलाहरुले सामाजिक सदभाव विगार्ने खालका कार्य गरेपनि प्रहरीको सक्रिय भूमिकाले कुनै अप्रिय घटना नभएको र कडा सुरक्षाको विच प्रतिमा विसर्जनको कार्य सकिएको जानकारी दिएका छन् ।
पुरुषहरु पछि भएर महिलाहरुलाई उचालेर सामाजिक सदभावमा खल्ला पुर्याउने सड्यन्त्र गरिएको बुझिएको छ ।
दुवै समुदायका विच कुनै जटिल समस्या उत्पन्न हुन् नदिनको लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको बताउदै प्रहरी उपरीक्षक घिमिरेले यस्तो कार्य गराउने योजनाकारको खोज तलास गर्ने कार्य जारी रहेको बताए ।





