नुवाकोट ।। नुवाकोटमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको किस्पाङ र लिखु गाउँपालिकामा भएका सडक दुर्घटनामा परी दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । किस्पाङ गाउँपालिका–५ नयाँ पुलमा हिजो साँझ ना ३ ख ८७०० नम्बरको ट्रिपरले विपरित दिशाबाट आइरहेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक किस्पाङ–५ मानेगाउँका ३२ वर्षका यमबहादुर तामाङको मृत्यु भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । दुर्घटना पछि प्रहरीले ट्रिपरलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेका छन् । यस्तै लिखु गाउँपालिका–३ डुङ्डे बगैचामा हिजो राति गाडीले ठक्कर दिँदा ५५ वर्षका रामशरण जर्घामगरको मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।
नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।