रौतहट ।। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मोतिपुरका दलित समुदायका परिवारलाई सोमबार न्यानो लुगा ब्लेंकेट वितरण गरिएको छ ।
हिँसामा परेकी महिला तथा बालबालिकाको हकहित न्यायको लागि कार्य गर्दै आएकी महिला अधिकारकर्मी पुजा पाठक तिमिल्सिनाले आफ्नो निजि स्रोतबाट मुसहर बस्तीका ५६ परिवारलाइ चिसोबाट बाच्नको निमित सहयोग पुग्ने उदेश्यले बलेंकेट वितरण गरेकी हुन् ।
महिला तथा मानव अधिकारको क्षेत्रमा विगत ३ वर्ष देखि कार्य गर्दै आएकी पाठकले केहि दिन देखि बढ्दै गएको चिसोको कारण समस्यामा परेका दलित ,अपांग , गरिव ,मजदुर परिवारलाइ राहत सवरूप न्यानो बलेंकेट दिएको महिला अधिकारकर्मी पाठकले जानकारी दिएकि छिन ।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको सहजीकरणमा आयोजना गरिएको बलेंकेट वितरण कार्यक्रममा सम्वोधन गर्दै मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशका प्रदेश संयोजक समेत रहेकी तिमिल्सिनाले समाजसेवा गर्ने आफ्नो ठुलो सपना भएकोले आफु सामाजिक कार्यमा लागि परेको बताए ! उनले गारिव , असहाय , दलित , अपांग , एक्ला महिला तथा बालबालिकाहरुको लागि न्यायको संघर्ष गर्दै आएको बताए ।
अन्यायमा परेकोलाइ न्याय दिलाउने प्रयास गर्ने गरेको जिकिर गर्दै सामाजिक विकृति ,विसंगति ,लैंगिक विभेदको अन्त्य गरि सामाजिक रुपमा समानता कायम नभए सम्म समुनत समाजको निर्माण हुन् नसक्ने बताए ।
ब्लेंकेट वितरण कार्यक्रममा नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरि , क्षेत्रीय प्रदेश सभापति निलहरी कोइराला , वडा सभापति लिला तिमिल्सिना , स्थानीय नेता विनोद आचार्य लागयतका उपस्थति रहेको थियो ।





