काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषय पेचिलो बनिरहेका देउवा र प्रचण्डबीच छलफल हुनुलाई महत्त्वका साथ लिइएको छ । सत्ता गठबन्धनमा एमसीसी पास गर्ने विषयमा सहमति भइसकेको छैन । तर प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नमा सहयोग नगरे सत्ता गठबन्धन लामो समय नटिक्ने चेतावनी दिएपछि सत्तागठबन्धनमा तित्तता उत्पन्न हुने खतरा देखिएको छ । प्रधानमन्त्री देउवाले प्रचण्डलाइ संसदबाट एमसीसी पारित गर्न सघाउन आग्रह गर्नुभएको बालुवाटार स्रोतले बताएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।