एजेन्सी ।। कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन बढ्दै गएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छोड्नुभएको छ । घर छोडेर कता गएको भन्ने बारेमा नखुलाइएको बीबीसीले जनाएको छ । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएपछि विरोध चर्किएको हो । विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेस्र्याएर यातायात सेवा अवरुद्ध पारेका छन् ।





