काठमाडौं ।। केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । विभागले भर्चुअल पत्रकार सम्मेलन गरेर आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या प्रारम्भिक नतिजा सार्वजनिक गरेका छन् । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ ।
जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।
जस्मा पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ र महिला १ करोड ४९ लाख १ हजार १६९ रहेको छ । नेपालको वार्षिक जनसंख्या विद्धी ०.९३ प्रतिश्त रहेको छ । त्यस्तै विदेशमा रहेको जनसंख्या २१ लख ६९ हजार ४७८ रहेकोे छ । नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९४५ रहेको विभागले जनाएको छ । पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here