एजेन्सी ।। अफगानिस्तानका करिब आधा कारखानाले आफ्नो नियमित सेवा अवरूद्ध गरेका पाइएको छ । गत वर्षको अगस्टमा तालिवानले शासन कब्जामा लिएपछि आर्थिक सङ्कट भएको भन्दै करिब आधा कारखानाले आफ्नो नियमित सेवा अवरूद्ध गरेका पाइएको हो । अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेकाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू पनि रोकिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।





