सांकेतिक तस्विर

काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार उनको निवास बालकोट पुगेका थिए।
भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानी राम्रो भएको बताएका छन्। ‘कुराकानी राम्रो भयो’, उनले भने।
संसद्‌मा गत भदौदेखि एमालेले अवरोध गर्दै आएको छ। जसका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ। त्यसलाई सहज बनाउन एमाले नेताहरुले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एकल संवाद्को आवश्यकता औंल्याउँदै आएका थिए। सोही अनुसार देउवाले आज ओलीसँग भेट गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here