एजेन्सी ।। विश्वभर थप २० लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २० लाख ९६ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएसँगै विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २९ करोड ५४ लाख नाघेको छ । यस्तै ६ लाख ८५ हजार निको भएका छन् । यो सँगै अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये २५ करोड ६० लाख निको भएका छन् । यस्तै ६ हजार २ सयभन्दा धेरै सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख ७२ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । अझै पनि विश्वभर ३ करोड ३९ लाख सक्रिय सङ्क्रमित रहेकामा ९३ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५ करोड ८० लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ४ करोड १८ लाख निको भएका छन् । ८ लाख ५१ हजारको भने मृत्यु भएको छ । त्यसपछि भारतमा ३ करोड ५० लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ४३ लाख निको भएका छन् । ४ लाख ८२ हजारको भने मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here