रौतहट ।। देशभर बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी रौतहटका विद्यालयहरू धमाधम बिदा दिन थलेका छन् । बढ्दो शितलहरीका कारण दैनिक जनजिवन प्रभावित भईरहेको तथा सो बाट विशेष गरि बालबालिकाहको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको हुँदा कटहरिया , बैधिमाई, राजपुर, इशनाथ, वृन्दावन, देवाही गोनाही, माधव नारायण, फतुवा विजयपुर, परोहा, गरुडा र गडीमाई नगरपालिकाले आफ्नो नगर क्षेत्रको विद्यालयहरु एकसाताको लागि बिदा दिएको छ । अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले नगर क्षेत्रको सामुदायिक विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ । विगत केही दिनयता बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन् । विगत तीन दिनदेखि घाम नउदाउनाका साथै चिसो हावा चलेका कारण सर्वसाधार आगो बालेर दिन बिताउन बाध्य भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here