काठमाडाैं ।। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसदाई प्रभावकारी रूपमा कसरी चलाउने चन्ने बारेमा छलफलका लागि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदहरूको सूची निशर्त सार्वजनिक नगरेसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ । संसदको प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण सङ्घीय संसदको दुबै सदन निरन्तर प्रभावित हुँदै आएको छ । एमालेको अवरोधका बीच संसदबाट अत्याआवश्यक विधेययकहरू पारित भइरहेका छन् । सदन राम्रोसँग चल्न नपाउँदा विधेयहरूमा पर्याप्त छलफल र बहस हुन सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here