काठमाडाैं ।। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचानबाट सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्दम्बे र जीवन परियार निर्वाचित हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको नतिजा गएराति सार्वजनिक भएको हो । उहाँका अनुसार सहमहामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले दुई हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ । सोही पदकी उम्मेदवार कमला पन्तले दुई हजार १ सय ५ मत प्राप्त गर्नु भएको छ । दलिततर्फ सहमहामन्त्रीमा जीवन परियार निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार २ सय १५ मत प्राप्त गर्नुभएको छ । दलितर्फकै सहमहामन्त्री पदका उम्मेदवारद्वय मानबहादुर विश्वकर्माले दुई हजार १ सय ७५ र गङ्गा सुनारले भने २ सय २९ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातितर्फ भने भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ७ सय ११ मत प्राप्त गर्दा सहमहामन्त्री पदका उम्मेदवार विकास लामाले एक हजार ९१३ मत पाउनुभएको छ ।
सहमहान्त्रीमा उपाध्याय, आङ्दम्बे र परियार निर्वाचित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।