काठमाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताए ।
‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘पीडितका परिवारलाई न्याय दिनेछौँ, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौँ ।’
उनले मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताए ।

https://youtu.be/NYRwXVyHVsA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here