Cholendra Shamsher Rana

काठमाडाैं ।। नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पद त्याग गर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आजदेखि देशभर आन्दोलन गर्ने चेतावनी बारले दिएको छ । हिजो बसेको नेपाल बार सल्लाहकार समितिको बैठक र त्यसपछि बसेको बार कार्यसमितिको बैठकपछि जारी विज्ञप्तीमा प्रधानन्यायाधीश राणाबाट अब संवैधानिक दायित्व पूरा हुन नसक्ने देखिएकाले राजीनामा दिइ पद त्याग गर्न माग गरिएको हो । प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिए देशभरका बार इकाइमार्फत आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने निर्णय समेत हिजोको बैठकले गरेको छ । नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने कुराहरुमा सुधार नभएको भन्दै बारले आपत्ति जनाएको छ । केही मुद्दाहरुमा अस्वभाविक रुपमा पेसी नचढाइ सुनुवाइ गर्न ढिलाइ गरेको, केही मुद्दाहरुमा अविश्वसनीय तरिकाले छिटो पेसी राखी सुनुवाइ गर्ने गरेको, मन्त्रिपरिषद् र संवैधानिक निकायहरुमा हिस्सेदारी खोजेको विषयमा प्रधानन्यायाधीशलाई पहिले नै लिखित तथा मौखिक रुपमा विरोध जनाइएको पनि बारले जनाएको छ । प्रधानन्यायाधिस प्रकरणमा राजनितिक दलहरु मैन बसेको भन्दै कतिपयले विरोध गरिरहेका छन् । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले भने, सर्बोच्च भित्रको विषयमा राजनितिक दलको हस्तक्षेप नहुनुलाई राम्रो मान्नु पर्ने बताउनुभएको छ । न्यायलयको मामिला न्यायकर्मीहरुको भएकाले राजनितिक दलहरु मौन बस्दा न्यायलयको स्वतन्त्रता कायम रहने उहाँले तर्क गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here