काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गरिएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का÷फाटफुट वर्षा भईरहेको महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले बताएको छ । सबै प्रदेशका थोरै–थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने बागमती र प्रदेश नं. १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।