काठमाडाैं ।। यमनमा भएको द्वन्द्वका क्रममा कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको पाइएको छ । सात वर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो । यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको उल्लेख छ । द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।