काठमाडाैं ।। गृह मन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीलाई काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ भने उहाँको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहनुभएका योगेन्द्रप्रसाद पाण्डेको दसैँ अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई गृह मन्त्रालयमा ल्याइएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ । मन्त्रालयले १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
गृह मन्त्रालयले बिभिन्न जिल्लाका सीडीओको सरुवा गर्याे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।