मुम्बई ।। अभिनेता शाहरुख खान लोकप्रिय ‘टिचिङ एप्लिकेसन’ ‘बाइजू’ का ब्रान्ड एम्बेसडर हुन् । पछिल्लो रिर्पोटअनुसार बाइजूले शाहरुख फिचर्ड आफ्नो सबै विज्ञापन सार्वजनिक गर्न रोक लगाएको छ । अभिनेता शाहरुखका छोरा आर्यन खानलाई लागुऔषध मुद्दामा एनसीबीले पक्राउ गरेसँगै बाइजूले यो निर्णय लिएको हो ।
आर्यनको केसपछि सामाजिक सञ्जालमा शाहरुखविरुद्ध नकारात्मकता बढेपछि बाइजूले यस्तो निर्णय लिएको हो । बलिउडका किङ खान शाहरुख थुप्रै अन्तर्राष्ट्रिय टप ब्रान्डसँग जोडिएका छन् । दुबई टुरिजम, आईसिआईसिआई बैंक, हुन्डाई, एलजी, रिलायन्समध्ये बाइजू शाहरुखको ठूलो स्पोन्सर दिल गरेको ब्रान्डमध्ये एक हो । बलिउड हंगामाका अनुसार यो ब्रान्डसँग शाहरुखले वर्षको ३ देखि ४ करोडको सम्भौता गरेका छन् ।
आर्यनको केस आउनु १–२ महिनाअघि मात्रै नयाँ एक क्याम्पियन लन्च गरेको थियो । तर, आर्यनको केसका कारण यसको प्रमोसनको काम रोकिएको छ ।
छोरा हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।