दाङ ।। अपाङ्गगता भएका व्यक्तिहरूका लागी उपचारमा सजिलो होस् भन्ने उदेश्यले दाङमा पहिलोपटक फिजियो थेरापी केन्द्र सञ्चालनमा आएको छ । थेरापी केन्द्र सञ्चालनमा आएपछि अपाङगता भएका नागरिक खुसी भएका छन् । शारिरिक र मांसपेशिको चालमा सहजता ल्याउनका लागि गरिने उपचार फिजियो थेरापी सेवा दाङमा नै पाएपछि सहज भएको तुलसीपुर ७ नवलपुरका इन्द« वहादुर नेपालीले बताउनुभयो । अपाङ्गताका क्षेत्रमा १३ वर्ष देखी काम गर्दे आएको अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरले सुरुवात गरेको यो सेवाले अपाङ्गता भएका व्यक्तीलाई हर्षित त बनाएकै छ अरू व्यक्ति पनि खुसी भएका छन् । अपाङ्गता भएका व्यक्तीका लागी टाढा गएर फिजीयोथेरापी सेवा लिन कठिनाई हुने गरेको थियो । सामान्य उपचारको लागि पनि टाढा जानुपर्ने र महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन फिजियो थेरापी केन्द्र सुरु गरेको अपाङ्ग समाज सुधार केन्द्रका महासचिव दोलख खत्रीले बताउनुभयो । हाड जोर्नी तथा मांसपेशीमा देखिएका समस्या समाधान गर्न फिजियोथेरापी अभ्यास गरिने फिजीयोथेरापिष्ट डाक्टर पुष्पा पोख्रेलले जानकारी दिनुभयो । केन्द्रबाट २ महिनाको अवधिमा दाङ जिल्लाका ७ जनाले सेवा लिएका छन् ।
फिजियो थेरापी सञ्चालन गरेपछि अपाङ्गता भएका नागरिकलाई सहज
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।