काठमाडौँ ।। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडा अधिवेशनसम्म धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।
कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान विधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाएका हुन् ।
उनले नेताको सत्ता-लिप्साका कारण कांग्रेस कमजोर भएको पनि बताए । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय जिल्लामा वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने पौडेलको भनाइ छ ।
सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने उनको तर्क छ । पार्टीलाई लोकतन्त्रको बाटोबाट विचलित हुन नदिने प्रतिबद्धता जनाए । १४ औं महाधिवेशनले पार्टीलाई लोकतान्त्रिकरण गर्ने उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here