राैतहट ।। प्रदेश २ सरकारले गठन गरेको प्रदेश जनलोकपाल आयोगको प्रमुख आयुक्तमा न्युक्त भएका अधिवक्ता राम सहाय राय यादवलाइ विहिवार एक कार्यक्रम विच रौतहट जिल्ला अदालत बार एशोसिएशन रौतहट गौर ले सम्मान गरेको छ !
प्रदेश सरकारले प्रदेश भित्र हुने अनियमितता र भ्रस्टाचारको नियन्त्रण गर्नको लागि गठन गरेको प्रदेश जन लोकपाल आयोगको प्रमुख आयुक्तमा न्युक्त भएपछी पहिलो पटक रौतहट आएका बार एशिसिएशन का पुर्व अध्यक्ष समेत रहेका प्रमुख आयुक्त यादवलाइ रौतहटका कानुन व्यवसायीहरुले हर्सोल्लासका साथ सम्मान गरेका हुन् !
नियमित रुपमा कानुनी व्यवसायी पेशामा आवद्ध रहेका यादवलाइ प्रदेश सरकारले प्रदेश जन लोकपाल आयोगको प्रमुख आयुक्तमा न्युक्ति गरेर पेशागत रुपमा कार्य गर्दै आएका कानुन व्यवसायीलाई सम्मानित गरेको भन्दै जिल्लाका कानुन व्यवसायीहरुले प्रदेश सरकारलाइ धन्यबाद ज्ञापन समेत गरेका छन् !
रौतहट जिल्ला अदालत बार एशोसिएशनको अध्यक्ष भएर कार्य गरेका प्रमुख आयुक्त यादवको कार्यकाल सफलताको लागि रौतहट जिल्ला अदालतका कानुन व्यवसायीहरुले शुभकामना समेत व्यक्त गरेका हुन् ! प्रदेश सरकारले जुन आशा अपेक्षाका साथ जिम्मेवारी सुम्पिएकोमा त्यसको लागि इमान्दारिता पुर्वक कर्तव्य निर्वाह गर्ने समेत प्रमुख आयुक्त यादवले प्रतिवद्धता व्यक्त गरेका छन् !
प्रदेशमा भ्रस्टाचार न्यूनीकरण गर्न भूमिका निर्वाह गर्ने समेत उहाले उल्लेख गरे ! उहाले भने सरकारले दिएको जिम्मेवारी इमान्दारिता पुर्वक निर्वाह गर्ने छु ! बारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो !
