नुवाकोट।। नुवाकोटमा झण्डै ५५ हजारले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा ५४ हजार ९ सय ७२ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये २४ हजार ८ सय १२ जनाले भेरोसेल, १८ हजार ४ सय ९६ जनाले कोभिशिल्ड र जोनसन एण्ड जोनसनको खोप ११ हजार ६ सय ६४ जनाले लगाएका स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।