काठमाडाैं ।। निजामती सेवा दिवस, २०७८ का अवसरमा सरकारले आज ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ । सरकारका प्रवक्ता, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने छ । ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ को राशि २ लाख र ’निजामती सेवा पुरस्कार’ को राशि १ लाख रुपैयाँ रहेको छ । हिजोको मन्त्रिपरिषद्को बैठकले कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिं तिङ्करीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिने छ । महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्लेलाई पनि यो पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा. भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटालाई यस वर्षको ‘निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । केदारप्रसाद नेपाल, विज्ञान बन्जारा, प्रमिला वाग्ले, कुलशेखर अर्याल, शिला ज्ञवाली, सुजितकुमार सिंह, महेशविक्रम लागेजू, भक्तिप्रसाद भट्टराई, भेषराज पन्थ, विन्ध्या कार्की, जलेश्वर राम, जिज्ञासा राई याङ्खुरुङ, भरतप्रसाद तिमल्सिना, उत्तम खनाल, खडानन्द पौडेल, केआई सिं गलान, रामनरेश साह, अमरसिंह लामा र पूर्णप्रसाद अगस्तीलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय सरकारले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here