दाङ ।। दाङमा खहरे खोलामा आएको बाढीले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर दाङको घोराही लमही सडकखण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले नेपालगन्जबाट फर्केको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको गाडी बगाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङर्ले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर घोराही १३ का ३२ वर्षका सुशीला श्रेष्ठ र ४० वर्षका रितामाया पुन तथा घोराही–१४ का ३० वर्षका राधा श्रेष्ठ कुँवर ४२ वर्षका विमला केसीको मृत्यु भएको हो । चालक घोराही–१५ का ४० वर्षका नरबहादुर पुन भने घाइते हुनुभएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here