काठमाडाैं ।। अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ । तालिबानले तोकेको समयसीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ । योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले जनाएको छ । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो । अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले पछिल्लो दुई हप्तामा अफगानीसहित एक लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जानकारी दिनुभयो । अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता भएसँगै तालिबानले काबुलमा मेसिनगन चलाएर उत्सव मनाएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here