काठमाडाैं ।। अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । अफगानिस्तानमा रहेका नेपालीको अवस्थाको जानकारी राख्न र उद्धारका लागि पहल गर्न विभागले म्यानपावर कम्पानीहरुलाई यस्तो निर्देशन दिएको हो । विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार उनीहरुलाई आज विवरणसहित उपस्थित हुन भनिएको छ । अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने विभागको भनाइ छ ।
Home मुख्य समाचार अफगानिस्तान पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन विभागको निर्देशन





