काठमाडौँ ।। विश्वमा हालसम्म देखिएका कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र सङ्क्रामक डेल्टा भेरिएन्ट रहेको भाइरोलोजिष्ट डा.श्रवण कुमार मिश्र बताउनुहुन्छ । कोरोनाको कप्पा भेरिएन्ट तुलनात्मक रुपमा कमजोर रहेको उहाँको विश्लेषण छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म अल्फा, कप्पा, डेल्टा र डेल्टा प्लस गरी कोरोनाको ४ वटा भेरिएन्ट फेला परेका छन् । आगामी दिनमा कोरोनाको थप कति भेरिएन्ट वा म्यूटेशन फेला पर्छ ? अहिल्यै भन्न सकिने अवस्था छैन । त्यसैले सबै सतर्क रहनुपर्ने जनस्वास्थ्य विज्ञ डा. वासुदेव पाण्डेले बताउनुभयो । नेपालमा कोरोनाको दोस्रो लहरबाट धेरै व्यक्ति सङ्क्रमित र मृतकको सङ्ख्या बढ्नुको प्रमुख कारण विज्ञहरु डेल्टा भेरिएन्टालाई मान्ने गरेका छन् । यसैका कारण अमेरिका, बेलायत, इन्डोनेशिया लगायतका मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र सङ्क्रामक डेल्टा भेरिएन्टको तुलनामा कप्पा भेरिएन्ट कमजोर रहे पनि स्वास्थ्य सावधानी भने अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले बताउनुभयो । नेपालमा कोरोनाको दोस्रो लहर साम्य नहुँदै फेरि तेस्रो लहरको सङ्केत देखिन थालेको छ । डेल्टा र कप्पा भेरियन्टले पार्ने असर नियन्णका लागि विशेष रणनीति भन्दा पनि हरेक व्यक्तिले सावधानी अपनाउनुपर्नेमा सरकारको जोड छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here