काठमडााैं ।। निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जानुु हुने भएको छ । आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो नियुक्त हुनुभएको थियो । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ जानुभएको थियो । उहाँ अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नुहुनेछ । आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । हिजो क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई आज बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।