काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ। मन्त्रालयका थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ५८ हजार ७ सय ७८ पुगेको जानकारी छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएको र थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।
हाल सम्म देशभर २६ हजार २ सय ६१ सक्रिय संक्रमितको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here