रौतहट ।। नेपाल कमनिष्ट पार्टी एमाले रौतहटको अध्यक्षमा तुलसी राज गिरी मनोनीत हुनु भएको छ ।
नेकपा एमाले प्रदेश २ कमिटीको पदाधिकारीहरुको असार २३ गते बसेको बैठकले गिरीलाइ रौतहट जिल्ला कमिटीको अध्यक्षमा मनोनित गरेको हो । जिल्लाको सचिवमा मनोज कुमार यादवलाई समेत मनोनीत गरिएको छ ।
एमालेको प्रदेश २ कमिटी का अध्यक्ष ज्वाला कुमारी साहले रौतहट, बारा र सर्लाही जिल्लाको समेत अध्यक्ष र सचिवहरुको मनोनित गरेको बताएकी छिन ।
सर्लाही जिल्लाको अध्यक्षमा राजनारायण साह, बारा जिल्लामा बलबिर चौधरी अध्यक्षमा मनोनीत भएका छन ।





