bty

वि.स. २०७२ साल असोज ३ गते मुलुकले नया संविधान ” संघिय गणतान्त्रिक लोकतान्त्रिक संविधान ” पयो। यो संविधानको मुल व्यवस्था भनेको नै संघीय प्रणाली हो। संविधान जारी हुने लग्तै देश संघियता मै भयो । देशमा चारैतिर संघियताको बाढी आयो । सिंहदरबार देखि लिएर वडा कार्यलयसम्म संघियताको बाढी आयो।

यसरी आएको संघियताको बाढीले देशको हरेक निकायलाई तीन टुक्रामा बाड्न थाल्यो। संघियताले सरकारी तथा गैरसरकारी निकायलाई मात्र होईन यसले समान पहिचान भएको समुदायहरुलाई पनि ७ टुक्रामा विभाजन गरियो । जसको असर अहिले आएर देखा पर्न थालेको छ। संघियता आएपछि धेरैको अस्तित्वनै हराएको छ। सबैको पहिचानलाई जोगाउनको लागी पहिचान सहितको संघियता ल्याएको नेताहरुको दाबीलाई थियो तर व्यबहारमा ठिक बिपरित देखियो । संघियता आएपछि सबैलाई अपनत्व बोध हुने भनेकोमा आफ्नैबाट पराईतत्वको अनुभुती हुनथालेको छ। संघयता र पहिचानको कुरालाई लिएर मधेस सधै अगाडि आउछ तर संघयताले सबभन्दा बढी मधेसलाई नै क्षति गरेको देखियो । हुन त नेपालमा संघिय शासन प्रणाली हुनुपर्छ भन्ने बिषयमा पहिला देखि नै मधेस/ मधेसीको जोड थियो र रहेको पनि छ । पहिचान सहितको समानुपातिक समावेशी संघिय शासन प्रणालीको लागि मधेसीले दिएको बलिदान कसलाई थाहा छैन र।जसले जति बलिदानी दियो त्यसले त्यती अवसर पाउनुको साटो सबभन्दा बढी घाटा मधेसलाई नै पुग्यो ।  मधेसले संघीयताबाट नेपालमा छुट्टाछुट्टै  पहिचान भएको अन्य समुदाय पनि छन भन्ने कुराको स्थापित गर्न पनि खोजेको थियो तर अहिलेको बर्तमान राजनीति अभ्यास देखिँदा यो होला जस्तो नलाग्नुको प्रयाप्त उदाहरणहरु छन । प्रदेशहरुको नामाकरण नै संघीयताको मुल्य मान्यता विपरीत राखेको देखिन्छ ।  बागमती नदिको लोपहुदै गरेकोले बागमती नाम राखी जनताबाट कहिले नहराउने सिद्धान्तको आधारमा त संघीयता लागू गरेको त होइन हो नि । त्यसै गरि लुम्बिनीलाई संसारमा चिनाउनको कै लागि संघीयता आएको त होईन नि । यदि होईन प्रदेशको नाम लुम्बिनीले संघीयताको सिद्धान्त अनुसार मेल खायो त। त्यसै गरि कर्णाली नदिको नाम लोपहुन बाट बचाउनको लागि संघीयता आएको त होईन नि। यदि होईन भने प्रदेशको नाम कर्णाली किन ? यी नामहरुमा बाट त पहिला अञ्चलको नाम त छदैथियो अनि किन संघीयता लागू गर्नु पर्यो त। संघीयतामा पहिचानको संरक्षण भन्दा पनि पुरानै मोडेलको नक्कल गरेको देखिन्छ । यसरी संघीयताको बाढीमा पहिचान समेत डुब्दै गरेको देखिन्छ । जब कि पहिचान पनि मधेसबादको प्रमुख बिषय मध्येको एउटा प्रमुख बिषय हो। यसरी पहिचान डुब्दा मधेसवाद पनि डुब्दै गरेको देखिन्छ ।

संघियताको बाढीले मधेसको २० ओटा जिल्लालाई नै तहसनहस पार्यो। पहिला त यो बाढीले २० जिल्लालाई ६ टुक्रामा तोडियो अनि त्यसपछि यो बाढीको प्रभाव सबै ठाउमा सामान हुनको लागी ५ ओटा सिमाना लगाईयो। यो सिमानाले एक अर्का प्रदेशलाई छुटाईएको छ। यसरी सिमाना लगाउदा एक भुभागबाट अर्कोमा बगेर पनि जान नसक्ने भयो। अब संघियता नामको बाढीलाई ६ ओटा प्रदेश सिमाना नामगरेको बाध ( Dam ) बनाएर रोकियो । जसले गर्दा प्रदेशहरुमा संघियताको बाढी आयो। यसरी काठमाडौको सिंहदरबारबाट आएको संघियताको बाढीले प्रदेशको प्रमुख , मुख्यमन्त्री , मन्त्री , सांसद , नगर प्रमुख , वडा अध्यक्ष जस्ता राजनीतिको खुर्सीहरु बगाएर ल्याए । यसरी ल्याएको खुर्सी हेरेर मधेसमा लागी मरि मेट्ने नेता / कार्यकर्ताहरु यी खुर्सीको लागी विलीन भए । जसरी पनि खुर्सी चाहिन्छ भन्ने मनोरोगको सिकार भए। यी खुर्सीको नासामा यिनहरुलाई दुई प्रदेशको सिमाना भित्र बाध बनाएर राखेको थाहा भएन । एउटा प्रदेशमा आफ्नो पहिचान लिएर नै यी खुर्सी  समात्न सफल भएर भने कुनै प्रदेशमा यिनीहरू खुर्सी पाउनको लागि आफ्नो पहिचान र परम्परालाई बिर्सेको देखिन्छ । अखिर यो स्वभाविक नै हो। राजनीति त शक्ति कै लागि गरिन्छ यसमा कुनै दुबिधा होईन । राजनीति त सतामा जानकै लागि गरिन्छ।जुनसुकै पार्टी होस सवैको एउटै चाहना हुन्छ कि उसके दुई तिहाई सहितको बहुमतको सरकार बनोस। तर मुलधारको राजनीतिक मुद्दालाई बिर्सेर क्षणिक भरको खुर्सीको लागी आफ्नोपन बिर्सनु त भएन्न नि । यसरी क्षणिक भरको खुर्सीको लोभमा परि आफु दुई बाधको बिचमा बन्धक भई बिस्तारै बिस्तारै डुब्दैगरेको थाहा पनि पाइन्न । यहाँ मात्र डुब्ने कुरा होइन , यहाँ त आफ्ना दाजुभाईसंग पनि सम्बन्धबिच्छेद गराईएको थाहा पाइन्न । खुर्सीको नासामा यती डुबेकि जनकपुर र भैरहवाको दाजुभाइ प्रदेशी भएको पनि थाहा भएन । यसरी अवसरवादीले संघियताको बाढीमा भरपुर व्यक्तिगत फाईदा लिनु बाहेक कुनै काम गरेको देखिन्न।

संघियताको बाढीमा यति मधेसको मुद्दा बोक्नेहरु यति सम्म डुबेको देखे कि जसले मधेस/ मधेसी माथि विभेद गर्यो उसैको रथको पाङ्गग्रा बनेर उसलाई रथको राजगद्दीमा बसाएर पुरै मधेसको भ्रमण गराउन लाग्नु भो। सदियो देखी राज्यसताको अपनत्वको गर्न नपाएको मधेसी जनता कहिले आतिएको देखिन्न तर २/३ बर्ष सतामा बस्न नपाएपछि हाम्रा नेतृत्व वर्ग आतिएको देखिन्छ । संघियताको बाढीमा मधेस/ मधेसीको समस्याको उत्थान र समाधानको जिम्मा मधेसवादी दलको मात्र हो भन्ने पनि धेरै भेटिन्छ , यिनीहरुको खुर्सीको लागि यतिसम्म तल झरेको देखिन्छ कि यिनीहरुलाई आफ्नो अस्तित्व पनि छ कि छैन भने कुरा पनि थाहा छैन । चाकरी गर्दा गर्दै यिनीहरुको कम्मर भन्दा तलको भाग खिईएर गएको पनि थाहा छैन ।  कम्मर भन्दा तलको भाग छैन तर पनि अवसर र खुर्सीमा बस्नको लागि चाकरी गर्दैछन । यहाँ चाकरी गर्दा गर्दै खुर्सीमा बस्नेसक्ने अस्तित्व पनि मेटाएको थाहा भएन , तर पनि खुर्सीको लागि अझैसम्म चाकरीवाद गर्न छाड्न्नसकेका छैन। यिनीहरू जनता भन्दा पनि आफ्ना सन्ततिको लागि मधेसी भएर पनि गैर मधेसी जस्तो व्यवहार गर्दैगरेको देखिन्छ । यिनीहरू अवसरवादी हुन । कतिपय व्यक्तिहरुको प्रमुख काम भनेको आफ्नै समुदायलाई गाली गरि मौकाको फाईदा उठाउने गर्दछ।जसले आफ्नो पहिचानको लागि बोलेन त्यो पछि गएर कसैलाई पहचान्दैन (चिन्दैन ) । यिनीहरू संघियताको बाढी आउनु भन्दा पहिला देखि नै व्यक्तिगत स्वार्थमा डुबिसकेका व्यक्तिहुन।

संघीयता आएपछि मधेसवादको बिस्तार होला भनेर सबै सर्वसाधारणलाई आश गरेको थियो। तर संघियता आएपछि मधेसवाद अवसरवाद , जातिवाद र नातावादमा परिणत भयो। मधेसवाद भनेको जो जुनसुकै परिस्थितिमा भएपनी मधेस/ मधेसी सहित अन्याय परेका समाज / समुदायको हकहितको लागी लड्ने बिचारधारा हो।तर संघीयता लागुहुदा मधेसवादको साटो जे जसरी भए पनि आफ्नो व्यक्तिगत फाईदा , नातागोताको फाईदाको लागि हदैसम्मको लडाई लडेको देखिन्छ । जे जसरी भए पनि आफ्नै मान्छे सवै ठाउमा राख्नु पर्ने जस्तो मनोबिज्ञानले  मधेसवाद डुब्दै गरेको देखिन्छ ।

खुर्सी र भ्रष्टाचारमा सबै यति सम्म डुबेको छ कि यिनीहरूलाई मधेसवादको बारे बोल्ने त कुरै छोडौ सोच्नेसम्मको फुर्सद छैन। अनि जो खुर्सीमा बस्न पाएको छैन , त्यसले अरुलाई हटाएर,  आफू कसरी खुर्सीमा बस्ने भन्ने बाहेकको अरु सोचाई आएको छैन। यसरी संघीयताको बाढीमा सतामा रहेको र नरहेको दुबै पक्षका नेतृत्वकर्ताहरु अहिलेसम्म डुबेको देखिन्छ ।

 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here