काठमाडाैं ।। अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकले एस्ट्राजेनेकाको खोपको पहिलो मात्रा लामो समयपछि दोस्रो मात्रा लगाउँदा त्यसले प्रभावकारितामा कुनै असर नगर्ने बताएको छ । अक्सफोर्ड र खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले खोपको दोस्रो मात्रा लगाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली कमजोर नहुने बताउनुभएको । उहाँले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्ने दावी गर्नुभयो । बीबीसीले लेखे अनुसार पोलार्डले ५० वर्षमाथिका मानिसलाई सकेसम्म पहिलो मात्रा खोप दिएर केही खोप उपलब्धताको आधारमा केही ढिला दोस्रो मात्रा दिँदा पनि प्रतिरोधी क्षमतामा असर नपर्ने बताउनुभएको छ । उहाँले एस्ट्राजेन्का खोपले डेल्टा र अल्फा भेरियन्टमा पनि राम्रो सुरक्षा देखाएको दावी गर्नुभयो ।
एस्ट्राजेनेकाको खोपको दोस्रो मात्रा लगाउन ढिलाई हुँदा प्रभावकारिता कमजोर नहुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












