काठमाडाैं ।। देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो । नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ । फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको उहाँको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।