काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नुभएको छ । जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । सन्देशमा राष्ट्रपति भण्डारीले सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्ने अपेक्षा गर्नुभएको छ । नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेको सन्देशमा उल्लेख गरिएको छ ।
छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिको आह्वान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।