काठमाडाैं ।। चिनियाँ राष्ट्रपति सी जिन फिङले घोषणा गरेको कोरोनाविरुद्धको खोपमध्ये ९ लाख मात्रा आज नेपाल आइपुग्ने भएको छ । खोप लिएर नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्ने छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान गएराति बेइजिङ गरेको दिउँसो आइपुग्ने जानकारी दिनुभयो । निगमको विमानले ८ लाख मात्रा भेरोसेल खोप ल्याउनेछ भने थप १ लाख खोपको मात्रा तीब्बतबाट आजै काठमाडौँ आउने जनाइएको छ । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here