रौतहट ।। कोरोना संक्रमणबाट अल्पायु मै मृत्युको शिकार भएकी रौतहट जिल्लाको जयरामा मिडियाका संचालक एवं रौतहटका पहिलो टेलिभिजन रेड टेलिभिजनका संचालक रामा यादवको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
रेड टेलिविजन , रेड खबर डट कम ,रेड पोस्ट तथा रेड एफ एमका प्रवन्धक समेत रहेकी संचार उधमी रामा यादवको श्रीमान जय प्रकाश यादवले २६ हजार रुपैया राशी भएको श्रीमतीको नामबाट रामा यादव स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको हो ।
श्रीमतीको १३ औ पुन्य तिथिको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व उपाध्यक्ष समेत रहेका यादवले उक्त पुरस्कारको घोषणा गरेका हुन् । बैशाख २७ गते जन्म दिन मनाएकी संचार उधमी यादवको २८ गते दिउसो २ बजेको समयमा उपचारको क्रममा जिल्ला अस्पताल गौरमा ३० वर्षको उमेरमा निधन भएको थियो ।
मृतक यादवको कोखबाट ४ छोरीको जन्म भएको छ । छोरीहरु नावालक नै रहेको छ । श्रीमतीको मृत्युबाट आहत भएका पत्रकार यादवले पत्नी को स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना गरेर साहसी कार्य गरेका छन् । श्रीमतीको सम्झनामा सो पत्रकारिता पुरस्कारको घोषणा गरेको यादवले बताएका छन् ।
राष्ट्रिय ,स्थानीय स्तरको संचार क्षेत्रमा आवद्ध भएर कार्य गर्ने पत्रकार मध्येमा सो पुरस्कार आफ्नो निजि स्रोत एवं उहाको संचार गृहबाट दिने उनले बताए । पत्रकारिताको क्षेत्रमा राम्रो कार्य गर्ने संचारकर्मीलाइ श्रीमतीको मृत्यु भएकै दिन नै कार्यक्रम गरि पत्रकारिता पुरस्कार दिने उहाको उदेश्य रहेको छ ।
पुरस्कारबाट स्वास्थ्य क्षेत्रमा विकासमा कलम चलाउन पत्रकारलाइ थप प्रोत्साहन पुग्ने यादवको विस्वास रहेको छ । रौतहट जिल्लामा कोरनाबाट ज्यान गुमाएका पत्रकार मनोज चौधरीको स्मृतिमा पनि पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले घोषणा गरेको स्वर्गीय मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको रकम २५ हजार रहेको छ भने रामा यादव स्मृति पत्रकारिता पुरस्कारको राशी २६ हजार भएकोले अहिले सम्म को ठुलो राशी भएको पत्रकारिता पुरस्कार नै हो ।
समय समयमा प्रदान गरिने पत्रकारिता पुरस्कारले पत्रकारिता क्षेत्रमा कार्य गर्ने संचारकर्मीलाइ कार्यक्षेत्रमा थप उर्जा प्रदान गरिने विश्वास रहेको छ । राष्ट्र , समाज , गाउ देशको साशन व्यवस्था , विकासको क्षेत्रमा सत्य तथ्य समाचार ,लेख ,रचना ,स्तम्भ लेख्न जागरुकता ल्याउने महत्व भूमिका खेल्ने पुरस्कार घोषणा गर्नेहरुको अपेक्षा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here