रौतहट ।। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण रौतहट अति नै प्रभावित भएको छ । भारत विहार संग खुल्ला सिमानाका कारण सदरमुकाम गौर कारोना भाईरसबाट अति प्रभावित भए पछि गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताको पहलमा नगरक्षेत्रका नागरिकहरुलाई निशुल्क कारण परिक्षण कार्य शुरु गरिएको छ ।
हाल सम्म गौर नगरपालिका ५ ओटा वार्डका करिव २ सय ४९ नगरिकले आफुलाई समस्या देखा परे पछि कोरोना परिक्षण गराएको नगरपालिका जनस्वास्थ्य अधिकृत प्रमोद यादवले जानकारी गराउनु भएको छ ।
यादवका अनुसार गौर नगरपालिकाका वार्ड नं. ९, ८,७,६ र ५ का करिव २ सय ४९ जना आम नागरिकले आफ्नो स्वास्थ्यमा समस्या देखा परेपछि कोरोना परिक्षण गराउदा एन्टीजेन परिक्षणमा १७ जना पोजेटिभ देखिए पछि हाल २÷३ दिनमा पिसियार रिपोर्ट आउने बताए ।
नगर प्रमुख गुप्ताको, यस्ता कार्यले आमनागरिकले सरहना गरिरहेको छ । यस्ता कार्य सवै स्थानीय तहका जनप्रतिनिधिहरुलाई ध्यान दिनु पर्ने देखिन्छ ।
आज मात्र जिल्लाको ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here