काठमाडाैं ।। उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन् । आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । निषेधाज्ञालाई थप कडाई गरिने समेत उहाँको भनाई छ । उहाँका अनुसार अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने निर्णय हुनसक्नेछ । अस्पताल जाने आउने बाहेकलाई हिँडडुल गर्न नदिईने समेत बताईएको छ । सरकारले ठूला सहरमा ५०० बढी सङ्क्रमित भए र पहाडी जिल्लामा २०० बढी सङ्क्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा भोलि सकिने छ ।
Home प्रदेश समाचार बागमती प्रदेश उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी, र उपत्यकाबाट बाहिर जान पनि...
उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी, र उपत्यकाबाट बाहिर जान पनि रोक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।