काठमाडाैं ।। भारतमा लगातार दोस्रो दिन ४ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार १ सय ३३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४२ हजार ३ सय ९८ पुगेको छ । यसअघि, शुक्रवार पनि एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु भएको थियो । यस्तै गत २४ घन्टामा ४ लाख ९ हजार ३ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा लगातार दोस्रो दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना भाइरसका सङ्क्रमित हुनेको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ । यस्तै हालसम्म भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड ८३ लाख ११ हजार ४ सय ९८ जना स्वस्थ भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here