रौतहट ।। नेपाल पत्रकार रौतहट शाखाले बुधवार रौतहटका संचारकर्मीहरुलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत तेंग्रहा घर भै हाल अमेरिकामा प्रवासी जीवन बिताई रहेका युवा नेता प्रकाश भाई मधेशियाले बढ्दै गईरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि आफ्नो निजि स्रोतबाट नेपाल पत्रकार महासंघलाइ उपलव्ध गराएको ५ हजार पिस सर्जिकल्स मास्क र नाईसिल नामक १०० हैंड सैनीटाईजर वितरण गरिएको हो ।
तत्कालिन मधेशी जनाधिकार फोरम नेपालको विद्यार्थी संगठनको जिल्ला अध्यक्षको रुपमा रहेका युवा प्रकाश मधेश आन्दोलन र २०७२ को संघियताको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेशियाले आफ्नो जिल्लाबासि स्वास्थ्य प्रति चिन्तित समेत रहेका छन । विद्यार्थी जीवन देखि नै सामाजिक कार्य गर्दै आएका मधेशियाले अमेरिकामा बसोवास गर्दा पनि आफ्नो जिल्ला र जिल्लाबासीलाइ विर्सेका छैन ।
कोरोना महामारीमा सुरक्षित हुनका लागि उहाले ५० हजार मुल्य बरावरको पठाएका मास्क र सेनीटाईजर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ हस्तान्तरण समेत गरिएको विधार्थी नेता ललन यादवले जानकारी दिएका छ ।
पत्रकारहरुलाइ अग्रपंक्तिमा रहेर कार्य गर्नु पर्ने भएकोले सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरेको उहाको भनाइ उदृद्ध गर्दै ललन यादवले भने समय र आवश्यकता अनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विधार्थी जीवन देखि नै क्रान्तिकारी विचारधारा तथा संघियताको पक्षमा वकालत गर्ने मधेशिया अमेरिकामा बसेर पनि नेपालको राजनीतिकमा चासो लिने गरेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश अमेरिकाबाट प्रकाश मधेशियाले कोरोनाबाट बच्न रौतहट वासी र पत्रकारहरुको लागि गरे सहयोग
अमेरिकाबाट प्रकाश मधेशियाले कोरोनाबाट बच्न रौतहट वासी र पत्रकारहरुको लागि गरे सहयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।