काठमाडौं ।। नेपालमा कोरोना संक्रमणको दर दिनदिनै उकालो लाग्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यसका साथै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
गत २४ घण्टामा ९२८ जना डिस्चार्ज भएका छन्।।यसका साथै डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८१ ह्जार ९५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २९५६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here