पाल्पा ।। कोरोना महामारीको दोस्रो लहर फैलिएपछि पाल्पाका सबै विद्यालय भोली देखि बन्द भएका छन् । विद्यालय बन्द भएपछि वार्षिक परीक्षा स्थगित भएका छन् । पाल्पाका १० स्थानीय तहमा ४ सय ९३ वटा विद्यालय छन् जसमध्ये ४ सय ४९ सामुदायिक र ४४ वटा संस्थागत रहेका छन् । विद्यालय बन्द भएसँगै ७१ हजार ३ सय २ जना विद्यार्थीको पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले बताउनु भयो । पाल्पामा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढिरहेको छ । पाल्पामा यो समाचार तयार पार्दा सम्म सङ्क्रमितको संख्या २ हजार १८६ पुगेको छ । जसमध्ये १६४ सक्रिय सङ्क्रमित छन् । पाल्पामा ३९ जनाको मृत्यु भइसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।