दिल्ली ।। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना महामारीका भयावह बन्दै गएपछि लकडाउनको समय लम्ब्याईएको छ । भारतमा थप एक साताका लागि लकडाउन बढाइएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गर्नुभएको हो । कोरोनाको सङ्क्रमणको साङ्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, सङ्क्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि भोली बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको हो । अन्य राज्यहरुको तुलनामा दिल्लिमा सङ्क्रमण दर उच्च रहेको छ । सङ्क्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको अभाव देखिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।