काठमाडाैं ।। जर्मनी सरकारले नेपालको समावेशी विकास र हरियाली फर्काउनका लागि १० मिलियन युरो अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले हस्ताक्षर गर्नुभएको छ । नयाँ सहयोगले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ । सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । नेपालका लागि जर्मनीका राजदूत सेइफेरले सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको र जर्मनीलाई जलवायु परिवर्तनले उत्पन्न गरेको चुनौतीको सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।
समावेशी विकासका लागि जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान उपलब्ध गराउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












