रौतहट ।। रौतहट जिल्लाको यमुनामाइ गाउपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष र वडा सचिवले गरेको गलत सिफारिशका कारण एक जना अपांग व्यक्ति ३ वर्ष देखि नेपाल सरकारबाट पाउने सेवा सुविधाबाट बन्चित भएका छन् ।
मानसिक रुपमा अपांग भएको छोराको अपांगता परिचय पत्र बनाउनका लागि सिफारिश गराउन गएका स्थानीय इजराइल मिया कवारीको छोरा युसुफ मियाको वडा अध्यक्ष अश्वनी यादव र सचिव सन्तोष सिंहले लापरवाही पुर्वक गरिदिएको सिफारिसको कारण अहिले सम्म सेवा सुविधाबाट बन्चित भएको हो ।
२०७४ साल मङ्सिर १ गतेमा सिफारिश गरे पनि अहिले सम्म अपांगता परिचय पत्र नबनेको पिडितले गुनासो गरेका छन् । निरक्षर रहेका मियाको हैरानी गर्ने तथा सेवा सुविधाबाट बन्चित गर्ने उदेश्यले जानी जानी गलत सिफारिश गरेको वडा अध्यक्ष र सचिवको कारण पाउनु पर्ने भत्ताबाट बन्चित भएकोले क्षतिपूर्ति दिलाई दिन सम्वन्धित कार्यालयबाट पिडितले माग समेत गरेको छ ।
अपांगता परिचय पत्र स्थानीय तहबाट जारी हुने जान्दा जान्दै पनि वडा सचिव सिंह र वडा अध्यक्ष यादवले नेपाल विधुत प्राधिकरण कार्यालय गौर रौतहटको नाउमा गरेको सिफारिशको कारण सेवाग्राही करिव साढे तिन वर्ष देखि भौतारिदै आएको छ । मानसिक रुपमा रहेको छोराको सिफारिश गराउन जादा वडा अध्यक्ष र सचिवले यस्तो गलत सिफारिस गरेको पिडितले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानी जानी दुख दिने तथा सरकारी सेवा सुविधाबाट बन्चित गर्ने कार्य गर्ने माथि कानुनी कार्यवाही हुने बताउनु भएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश वडा अध्यक्ष अश्वनी यादवको लापरवाही पूर्वक सिफारिश, अपांग व्यक्ति सेवासुविधाबाट बंचित
वडा अध्यक्ष अश्वनी यादवको लापरवाही पूर्वक सिफारिश, अपांग व्यक्ति सेवासुविधाबाट बंचित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।